बुटवल-नेकपा दाहाल-नेपाल समूहले पत्रकार सम्मेलन गरी पार्टीका धारणा सार्वजनिक गरेको छ।
अहिले केहीबेर अघि शुरु भएको पत्रकार सम्मेलनमा समूहका अध्यक्षहरु प्रचण्ड, माधव नेपाल, नेताहरु झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायत सहभागी छन्।
पत्रकार सम्मेलनमा नेता नारायणकाजी श्रेष्ठले पार्टीका निर्णयहरु सुनाइरहेका छन्। उनले पार्टीका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन्।
देशभर आन्दोलनका कार्यक्रमका लागि २५०१ सदस्य रहेको समिति गठन गरेको उनले बताए।