काठमाडौँ- प्रतिनिधि सभा विघटनविरुद्ध परेका मुद्दाको पेशी प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको एकल इजालशमा परेको छ। विघटन विरुद्ध परेका १२ वटै मुद्दाको प्रारम्भीक सुनुवायीको लागि प्रधानन्यायधिसले आफ्नै एकल इजालस गठन गरेका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरी आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन गर्न सिफारिस गरेपछि त्यस विरुद्ध सर्वोच्च अदालतमा १२ वटा मुद्दा दर्ता भएको छ ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कञ्चनकृष्ण न्यौपाने, लोकेन्द्र ओली, ज्ञानेन्द्र आरण, शालिकराम सापकोटा, कमलबहादुर खत्री, मनिराम उपाध्याय, सन्तोष भण्डारी, अस्मिता गौतम पौडेल, दिपक राई, तुलसी सिंखडा र सुलभ खरेल दिएका रिट निवदन दर्ता गरेका छन् ।
त्यसैगरी नेकपाका सांसदहरु देव गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीले पनि मंगलबार संसद विघटनविरुद्ध सर्वोच्चमा रिट दायर गरेका छन् । उनीहरुले संसद विघटन अन्तरिम आदेशमार्फत बदर गरेर संसद पुनर्स्थापनाको माग गरेका छन्।