काठमाडौँ-नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-माधब पक्षको स्थायी कमिटीको बैठकले केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाउने प्रस्ताव गरेको छ । केन्द्रीय कमिटि बस्ने अगाडी बसेको स्थायी कमिटीको बैठकले ओलीलाई अध्यक्षबाट हटाएर माधव नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव गरेको हो ।
प्रचण्ड माधव पक्षको केन्द्रीय कमिटीको बैठक केही बेर अघि सुरु भएको छ। उक्त प्रस्ताव केन्द्रीय कमिटीबाट निर्णय हुने बताइएको छ। प्रचण्ड र माधब नेपालले पालै पालो अध्यक्ष चलाउने निर्णय पनि केन्द्रीय कमिटीको बैठकले निर्णय गर्ने छ ।