काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहले आगामी वर्ष मंसिर २ गते पार्टीको महाधिवेसन गर्ने निर्णय गरेको छ। बालुवाटारमा बसेको ओली पक्षको केन्द्रीय समितिको बैठकले २०७८ साल मंसिर २ गते महाधिवेसन गर्ने निर्णय गरेको हो ।
प्रतिनिधि सभा विघटन गरेर बैशाखमा चुनाव घोषणा गरेका प्रधानमन्त्री तथा अध्यक्ष ओलीले आफूपक्षिय केन्द्रीय समितिको बैठक बोलाएका थिए। बैठकले नारायणकाजी श्रेष्ठलाई हटाएर प्रदीप ज्ञवालीलाई नेकपाको प्रवक्ता तोकेको छ । त्यस्तै पर्सि ९ गते महाधिवेशन आयोजक कमिटीको पहिलो बैठक बोलाइएको छ ।