काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली समूहको केन्द्रीय समिति बैठकले प्रदिप ज्ञवालीलाई प्रवक्तामा नियुक्त गर्ने निर्णय गरेको छ।
बलुवाटारमा बसेको बैठकले नारायणकाजी श्रेष्ठलाई प्रवक्ताबाट हटाउने निर्णय गर्दै ज्ञवालीलाई प्रवक्ता बनाएको हो। पार्टी हित विपरित गतिविधि गरेको भन्दै श्रेष्ठलाई प्रवक्ताबाट हटाएको बताइएको छ। अध्यक्ष केपी शर्मा ओलीले झन्डै १ हजार १ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाएका छन्।