काठमाडौं-विभाजनको मुखैमा पुगेको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले झन्डै १ हजार १ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाएका छन्। आफू निकट केन्द्रीय सदस्यहरुको बालुवाटारमा बसेको बैठकमा ओलीले महाधिवेसन आयोजक समिति बनाएको जानकारी दिएका हुन्।
अहिले कायम रहेको ४ सय ६६ सदस्यीय केन्द्रीय कमिटमा ५ सय ५६ जना थपेर ओलीले महाधिवेसन आयोजक कमिटी घोषणा गरेका हुन्। ओली समुहको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।
उता प्रचण्ड–माधब पक्षले पनि आजै केन्द्रिय कमिटीको बैठक बोलाएका छन्। दिउसो १ बजे बस्ने बैठकले प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीलाई कारबाही गर्ने तयारी छ।