काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै छ। प्रतिनिधि सभा विघटनपछिको परिस्थिती बारे छलफल गर्न दिउसो १ बजे बैठक बस्न लागेको हो। बैठक पार्टी कार्यालय सानेपामा बस्दै छ।
प्रधानमन्त्रीको केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी बैशाख १७ र २७ गते निर्वाचनको घोषणा गरेपछि औपचारीक धारण बनाउन बैठक बस्न लागेको हो। यस अघि कांग्रेसका सभापति शेरवहादुर देउवा लगायतका नेताहरुले ओलीको कदमको विरोधमा प्रतिक्रिया दिइसकेका छन्।