काठमाडौं । पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले केपी शर्मा ओलको गैर संबैधानिक कदमले देश अध्याँरो सुरुङमा फसिसकेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा संसद आइतबार भंग गरेका थिए।
उनले वैशाखमा चुनाव नहुने पनि दावी गरे । सरकारले वैशाख १७ र २७ मा चुनाव गर्ने आइतबार मितिसमेत तोकेको थियो। सोमबार ट्वीट गर्दै भट्टराईले सरकारले भनेजस्तो वैशाखमा चुनाव नहुने बताएका हुन्।
‘वैशाखमा चुनाव हुनेवाला छैन,’ भट्टराईले भनेका छन्, ‘देश अँध्यारो सुरूङमा फसिसक्यो। संवैधानिक र कानुनी उपचारको झिनो आशा होला तर भर गर्न सकिन्न।’ भट्टराईले अब शशक्त प्रतिरोध गर्नुपर्ने बताएका छन्।