बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीको क्याबिनेटमा रहेका सात जना मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन् ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर मन्त्रीहरूले साढे चार बजे सामूहिक राजीनामा दिएका हुन् । उनीहरूले सिंहदरबारमा रहेको विकास समितिको हलमा पत्रकार सम्मेलन गरेर राजीनामा दिएका हुन् ।
वर्षमान पुन, गिरिराजमणि पोखरेल, शक्तिबहादुर बस्नेत, बीना मगर, रामेश्वर राय यादव, योगेश भट्टराई र घनश्याम भुसालले राजीनामा दिएका हुन् ।