काठमाडैँ- नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीको संसद विघटन गर्ने सिफारिससँगै नेकपालाई जनतो दिएको मतको बैधता सकिएको प्रतिक्रिया दिएका छन्।
सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिँदै नेता थापाले संबैधानिक व्यख्या जे भएपनि नेकपाले पाएको मतको बैधता सकिएको उल्लेख गरे। उनले लहडको भरमा गरिएको संसद विघटन असंबैधानिक र अलोकतान्त्रीक भएको बताए।
‘संविधान निर्माण गर्दा ५ वर्ष संसद चल्ने अवस्थाको परिकल्पनासहितको प्रावधान छ। लहडमा गरेको संसद् विघटनको निर्णय असंवैधानिक र अलोकतान्त्रिक छ।’ उनले भने ‘यसको संवैधानिक व्याख्या हुन्छ नै तर जे ब्याख्या भए पनि ३ वर्ष अगाडी जनताले नेकपालाई दिएको मतको वैधता भने यो सिफारिससंगै सकिएको छ।’