काठमाडौँ- संसद विघटनको सिफारिससँगै प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख २३ गते आम चुनाव गर्ने प्रस्ताव गरेका छन्।
आज मन्त्रिपरिषदको आकस्मीक बैठकबाट संसद विघटनको निर्णय गराएर ओलीले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस लागी लगेका थिए।
राष्ट्रपति समक्ष गरेको विघटनको सिफारिसमा बैशाख २३ गते आम चुनाव गर्ने प्रस्ताव पनि गरिएको छ। राष्टपतिलाई भेटर प्रधानमन्त्री फर्किसकेका छन्। प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने सिफारिस प्रति सर्वत्र विरोध भएको छ ।