काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा सत्तारुढ नेकपाका नेता माधबकुमार नेपालले प्रधानमन्त्रीको कदम असंबैधानिक भएको प्रतिक्रिया दिएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न राष्ट्रपति समक्ष सिफारिस गरेपछि प्रतिक्रिया दिँदै नेता नेपालले यो कदम पार्टीको लागि समेत दुर्भाग्य भएको बताए।
उनले यो कदम लोकतन्त्र विरोधी र राजनीतिक रुपमा निन्दनिय भएको बताए । नेपालले प्रधानमन्त्री ओली पार्टी र संसद दुबै तिर अल्पमतमा रहेकाले पनि यो निर्णय गर्न नपाउने उल्लेख गरे।