काठमाडौं- नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीको कदम संविधान विपरित रहेको बताएका छन्। उनले संविधान विपरित कदम राष्ट्रपतिले स्वीकार गर्न नहुने प्रतिक्रिया दिएका छन्।
प्रधानमन्त्रीले राष्ट्रपति समक्ष संसद विघटनको सिफारिस गरेपछि सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै पौडेलले संविधान विपरित रहेकाले सिफारिस फिर्ता गर्नुपर्ने बताए ।
‘यो संविधान विपरीत छ, लोकतन्त्रको मर्म विपरीत छ र राष्ट्र हीत विपरीत छ ।’ उनले भने ‘अहिलेको संविधान अनुरुप विघटन गर्न मिल्ने प्रावधान छैन र राष्ट्रपतिले यसलाई स्वीकार गर्न हुँदैन।’
यो कदमले मुलुक र लोकतन्त्रलाई अस्थिरता र संकट तर्फ धकेल्ने पौडेलको भनाइ छ ।