काठमाडौँ,- संसद विघटनको सिफारिस लिएर प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवास शीतल निवास पुगेका छन्। आइतबार बिहान आकस्मिक रुपमा मन्त्रिपरिषदको बोलाएर प्रधानमन्त्री ओलीले संसद विघटनको सिफारिस गर्ने निर्णय गरेका थिए।
पार्टी भित्र आन्तरिक विबाद तिब्र बनेको बेलामा प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने सिफारिस गरेका हुन्। प्रधानमन्त्रीको सिफारिस अनुसार राष्टिपतिले निर्णय गरेरमा संसद विघटन हुन्छ।
प्रधानमन्त्रीको यो कदमले आज नेपालको राजनीति तरंगीत भएको छ । सत्तारुढ पार्टी, विपक्षी पार्टी र संविधान विदहरुले यो कदमको चर्को विरोध गरेका छन् ।