नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अधिनायकबादको अन्तिम प्रयत्नलाई असफल तुल्याइने प्रतिक्रिया दिएका छन्। प्रधानमन्त्री केपि ओलीले संसद विघटन गर्न राष्ट्रपति समक्ष सिफारिस गरेपछि सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रतिक्रिया दिँदै शर्माले लोक तन्त्र रक्षाको लागि एक जुट हुन आग्रह समेत गरेका छन्।
उनले प्रधानमन्त्रीको कदमलाई कांग्रेसले राजनीतिक रुपमा प्रतिवाद गर्ने बताए । ‘प्रधानमन्त्रीको कदमलाई नेपाली कांग्रेसले राजनैतिक रूपमा प्रतिवाद गर्नेछ ।
संविधान र लोकतन्त्र रक्षाका लागि एक जुट हौं ।’ उनले भने ‘अधिनायक आकांक्षाको अन्तिम प्रयत्नलाई असफल तुल्याइने छ’