काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो बस्ने बैठकमा सरकारले गत मंगलबार जारी गरेको संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता र पार्टीमा देखिएको आन्तरिक विवादमाथि छलफल हुनेछ ।
बुधबारको बैठकमा सरकारले ल्याएको अध्यादेश र संसद् अधिवेशन मागको निवदेन फिर्ता गर्ने निर्णय भए पनि अहिलेसम्म अध्यादेश फिर्ता नलिएर प्रधानमन्त्रीले बैठकमा भएको निर्णय कार्यान्वयन गरेेेेका छैनन्।
अध्यादेश फिर्ता लिन आनाकानी गरिरहेका प्रधानमन्त्री ओलीले बरु सहमति भएको अर्को दिन संवैधानिक परिषद्को बैठक बोलाएका थिए । तर कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दबाबमा बैठक रोकिएको थियो ।
चौतर्फी दबाबमा परेका प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले हिजो नेताहरुलाई भेट्न दौडधुप गरेका थिए । प्रधानमन्त्री स्थायी कमिटी बैठकमा पेश भएका प्रतिवेदन फिर्ता नलिएसम्म अध्यादेश फिर्ता नलिने मुडमा देखिएका छन्
सरकारले अध्यादेश जारी गरेपछि बुधबार नेकपाका सांसद संसद् अधिवेशन मागको निवेदन लिएर राष्ट्रपति कार्यालय पुगेका थिए । तर उक्त निवेदन फिर्ता भइसकेको छ ।
यसअघि आजका लागि तय भएको केन्द्रीय कमिटी बैठक पुस १० गतेसम्मका लागि स्थगित गरिएको थियो ।