काठमाडौँ,- खुमलटारमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष प्रचण्डलाई भेटेपछि प्रधानमन्त्री ओली गृहमन्त्री रामबहादुर थापा बादलसँग छलफल गरिरहेका छन्। प्रचण्डलाई उनकै निवास खुमलटारमा भेटेपछि गृहमन्त्रीलाई भेट्न ओली मन्त्री क्वाटरमै पुगेका छन्।
भेटवार्तामा भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङ र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल पनि सहभागी छन् । उता प्रधानमन्त्री निस्केपछि प्रचण्ड निवासमा माधवकुमार नेपाल पुगेका छन्।
पार्टी भित्र विबाद तिब्र भइरहेको बेला आजको भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । विबादकै विच सुरु भएको स्थायी कमिटीको अर्को बैठक भोली पनि बस्दै छ ।