काठमाडौँ- सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विबाद तिब्र भइरहेका बेला अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच अहिले छलफल भइरहेको छ । प्रधानमन्त्री ओलीले आज प्रचण्ड निवासमै पुगेर भटेघाट गरेका छन्।
खुमलटारमा भएको छलफलमा उपाध्यक्ष बामदेव गौतम पनि सहभागी छन्। प्रधानमन्त्रीमा निर्वाचित भएपछि ओली पहिलो पटक दाहाललाई भेट्न उनकै निवास गएका हुन्।
दाहाल–नेपाल समुहले पेरिसडाँडामा प्रदेश एकको आफू पक्षिय भेला गरेको भोली पल्ट ओली प्रचण्डलाई भेट्न गएका हुन् ।