काठमाडौँ,-प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाको मुद्दा 'हेर्न नभ्याइने' सुचिमा परेको छ। आज मुद्दाको पेशी तोकिएकोमा सर्वोच्च अदालतको संबैधानिक इजालसले हेर्न नभ्याइनेको सुचिमा राखकेका हो। संवैधानिक परिषद् बैठक र नेकपाभित्रको विवाद उत्कर्षमा रहेको बेला सोपकोटाको मुद्दा आजको पेशीमा चढेको थियो।
सापकोटाको मुद्दा यसअघि २०७६ फागुन ३० गते पेशीमा चढेको थियो । सो दिन पनि हेर्न नभ्याउने हुँदै मुद्दाको सुनुवाई सरेको थियो।
काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको हात रहेकाले तत्काल कर्तव्य ज्यानमुद्दा अघि बढाउन माग गर्दै उनकी श्रीमती पूर्णिमाया लामाले २०६९ मंसिर ७ गते रिट निवेदन दायर गरेकी थिइन्। सो रिट अन्तिम फैसलाका लागि संवैधानिक इजलासमा लामो समयदेखि विचाराधीन रहेको छ।