काठमाडौं । नेकपामा नयाँ सहमति कायम भएको छ । सहमतिअनुसार अब प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली, प्रचण्डको आरोपपत्र सबै फिर्ता हुने भएको छ । त्यस्तैगरी राष्ट्रपतिबाट जारी भएको अध्यादेश पनि फिर्ता हुने सहमति भएको एक नेताले बताए ।
त्यस्तैगरी राष्ट्रपतिबाट जारी भएको अध्यादेश पनि फिर्ता हुने सहमति भएको एक नेताले बताए । नेताहरु भदौ २६ मै भएको सहमतिलाई अघि बढाउन सहमत भएका छन ।
हालसम्म आरोपप्रत्यारोपमा पेश गरिएका प्रस्ताव र पत्र फिर्ता गर्ने र सो सहमतिअनुसार अघि बढ्ने सहमति जुटेको बैठकमा सहभागी एक नेताले जनाएका छन्।
अहिले नेकपा स्थायी कमिटि बैठक जारी छ। ओली दाहालबीच मंगलबार जारी भएको अध्यादेश र विशेष अधिवेशन माग गर्ने प्रस्ताव पनि फिर्ता गर्ने सहमति भएको छ।