काठमाडौँ– प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलिय बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न सर्वदलिय बैठक बोलाएका हुन्।
बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलहरुका प्रतिनिधिहरु र पूर्वप्रधानमन्त्रीको सहभागीता छ। बैठकमा प्रधानमन्त्री ओलीले संविधान विरोधी र हिंसात्मक गतिविधि विरुद्ध एकजुट हुन आग्रह गरेका छन्। पछिल्लो समयमा देशका विभिन्न ठाउँमा राजाबादीहरुले गरेको प्रदर्शनको बारेमा सर्वदलिय बैठकमा छलफल भइरहेको छ।