काठमाडौं-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक एक सातासम्मका लागि स्थगित भएको छ ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आइतबार सुरु भएको बैठक आगामी २८ गतेसम्मलाई स्थगित भएको छ ।
बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालका प्रस्ताव पेश भएको थियो ।
उक्त प्रस्ताव अध्ययनका लागि भन्दै बैठक २८ गते सम्मलाई स्थगित गरिएको हो । बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओली भने सहभागी थिएनन्।
तर, ओलीले बैठकलाई सम्बोधन गरी पठाएको पत्र सचिवालय सदस्य ईश्वर पोखरेलले पढेर सुनाएका थिए।
पत्रमा ओलीले पुरानै अडान दोहोर्याएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
ओलीले अर्का अध्यक्ष दाहालको प्रस्ताव पार्टी कमिटीमा छलफलका लागि योग्य नभएको भन्दै त्यसको फिर्ताको अडान राखेका छन्।
आइतबारको बैठकमा मंसिर २५ गतेका लागि तय गरिएको केन्द्रीय कमिटी बैठक पुस ५ गतेका लागि सारिएको छ ।