काठमाडौँ- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक सुरू भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा केही बेर अघि बैठक सुरु भएको हो।
बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली उपस्थित भएका छैनन्। बैठकमा दुई अध्यक्षका राजनीतिक प्रस्तावहरू पेश हुनेछन्।
प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस अघि पार्टीको सचिवालय बैठकमा प्रस्ताव पेश गरेको गरेका थिए। प्रस्तावका विषयमा सचिवालय बैठकमा सहमती हुन नसकेपछि स्थायी कमिटी बैठक बसेको हो।
गत कात्तिक २८ गतेको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री ओली र सरकारको आलोचना गर्दै प्रस्ताव पेश गरेपछि पार्टी भित्रको बिवाद तिब्र बनेको छ ।
प्रचण्डको प्रस्तावमा उठेका प्रश्नको मङ्सिर १३ गतेको बैठकमा प्रधानमन्त्री ओलीले लिखित जवाफ पेश गरेका थिए। ओली पक्षधरले भने दुबै प्रतिवेदन थाती राखेर साझा प्रस्ताव तयार गर्नुपर्ने र सचिवालयमै विबादको हल खोज्नुपर्ने बताउँदै आएको थियो।
तर प्रचण्ड र माधव नेपाल पक्षले दुबै प्रतिवेदनलाई स्थायी कमिटीमा लैजानुपर्ने अडान लिएपछि शनिवारको सचिवालयको बैठकले दुबै प्रस्ताव स्थायी कमिटीमा लैजाने निर्णय गरेपछि आज बैठक बसेको हो।
स्थायी कमिटि बैठकलाई मध्यनजर गरेर पार्टी कार्यालय धुम्बाराही क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ।