काठमाडौँ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । दिउसो १ बजे बालुवाटारमा बस्ने बैठकमा प्रधानमन्त्री केपी ओली र पार्टी अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको प्रस्तावमाथि छलफल हुने कार्यसूची छ ।
गत बुधबार बसेको बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित भएपछि आजको लागि सारीएको थियो। आजको बैठकमा पनि प्रधानमान्त्री ओली उपस्थित हुने नहुने निश्चित छैन। गत कात्तिक २८ गतेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्ताव पेश गरेपछि पार्टी भित्रको बिवाद तिब्र बनेको छ । प्रचण्डको प्रस्तावमा उठेका प्रश्नको मङ्सिर १३ गतेको बैठकमा प्रधानमन्त्री ओलीले लिखित जवाफ पेश गरेका थिए। प्रचण्ड र माधव नेपाल पक्षले दुबै प्रतिवेदनलाई स्थायी कमिटीमा लैजानुपर्ने अडान लिएका छन्। ओली पक्षधरले भने दुबै प्रतिवेदन थाती राखेर साझा प्रस्ताव तयार गर्नुपर्ने बताएका छन्।