तनहुँ–नेपाली कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ व्यास नगरपालिकाको बुल्दी खोलाको पुल उद्घाटन गरेका छन्। बुधबार उद्घाटन गर्न नपाएको नगरपालिकाको वडा नम्बर १ र ११ जोड्ने पुल विहिबार सयौं कार्यकर्तामाझ उनले उद्घाटन गरेका हुन्। बुधबार पुल उद्घाटन गर्न जाँदा निषेधाज्ञा तोडेको भन्दै पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो। ३ घण्टा प्रहरीको नियन्त्रणमा रहेर उनी साँझ छुटेका थिए। पौडेलको पक्राउ प्रति सभापति शेरवाहादुर देउवासहित देशभरबाट कांग्रेस कार्यकर्ताले विरोध जनाएका थिए। विहिवारको उद्घाटनमा प्रसासनले कुनै अवरोध गरेका थिएन। कार्यकर्ताहरु ¥याली र नाराबाजी सहित कार्यक्रमस्थल पुगेका थिए।