काठमाडौँ,-नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकमा महासचिव विष्णुप्रसाद पौडेलको जन्मदिन मनाइएको छ । सरकारका अर्थमन्त्री तथा रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य समेत रहेका पौडेलको आज जन्मदिन परेको छ । बैठकको सुरुमै जन्मदिनको अवसरमा पौडेलले केक काटेका थिए। प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरुले पौडेललाई केक खुवाएर सफल जीवनको शुभकामना व्यक्त गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए। बालुवाटारमा जारी सचिवालयको बैठकमा यस अघि दुइ अध्यक्षले पेश गरेको राजनीतिक प्रस्ताव माथि छलफल भइरहेको छ ।