काठमाडौँ–सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । गत कात्तिक २८ गतेको बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकल प्रस्ताव पेस गरेका थिए । प्रचण्डले एकल प्रस्ताव पेश गरेपछि नेकपाको विबाद थप उत्कर्षमा पुगेको छ । मंसिर ३ गतेको सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टीका अर्का अध्यक्ष केपी ओलीले प्रस्तावको सम्बन्धमा जवाफ दिन १० दिनको समय मागेका थिए । शनिवारको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफूविरुद्ध उठेको जवाफ दिने कार्यसुचि छ । ओलीले बैठकमा कस्तो जवाफ दिने हुन् भन्ने सबैको चासो छ । पार्टी भित्र आन्तरिक विवाद तिब्र भइरहेका बेला मंसिर १८ गते स्थायी कमिटीको बैठक र २५ गते केन्द्रिय कमिटीको बैठक बोलाइएको छ ।