बुटवल–नेपाली कांग्रेसका नेता तथा प्रतिनिधी सभामा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले भ्रष्टाचारमा भागबण्डा नमिल्दा नेकपा भित्रको विबाद उत्कर्षमा पुगेको आरोप लगाएका छन्। उनले नेकपा भित्रको लडाइ राष्ट्रिय मुद्दामा नभइ भ्रष्टाचारमा भागबण्डा नभएका कारण भएको बताए।
रिपोटर्स क्लब लुम्बिनीले शनिवार बुटवलमा गरेको कार्यक्रममा शाहले भने ‘सत्तारुढ दलभित्रको बिवाद भष्ट्राचारमा भागबण्डा भएन भन्ने हो। पार्टी भित्रको द्वन्द र भ्रष्टाचारको कारण देश बर्वादी तर्फ गयो ।’
शाहले प्रधानमन्त्री नै भ्रष्टाचारीहरुलाई संरक्षण गरेको आरोप लगाए । गोकुल बास्कोटाको कारबाहि रोकेर अख्तियारबाट सफाइ दिलाएर मन्त्री बनाउन ओलीले नै दबाब दिएको शाहले बताए।
प्रदेशको राजधानी बुटवलबाट सार्न नेकपा महासचिब बिष्णु पौडेलले मौन समर्थन गरेको तर बुटवलमा खुुद्रा बिकासे आयोजना देखाएर जनतालाई लली पप देखाएको सांसद शाहको आरोप छ ।