सैनामैना– लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टी नेतृत्वले विवेक गुमाउँदा पार्टीमा समस्या आएको बताएका छन्। नेकपाको स्थायी कमिटी सदस्य समेत रहेका पोखरेलले नेतृत्वले गुमाएको विवेक फर्काउने अभियानमा लागेको उल्लेख गरे। रुपन्देहीको सैनामैना नगरपालिका ९ पिपलडाँडामा बन्न लागेको स्मार्ट रिफ्रेस सेन्टरको सिलन्यास गर्दै उनले भने ‘दुइवटा आन्दोलनका नेताहरुको विचको समझदारी नै न्युनतम सर्त हो । तर दुर्भाग्य कमरेड केपी ओली र प्रचण्डको असमझदारी नै आजको संकटको कारण बन्न पुगेका छ।’
भिन्न सिद्धान्त र कार्यदिशाबाट गुज्रीएर आएका पार्टीलाई समेत मिलाएको भन्दै पोखरेलले अहिलेको समस्यालाई पनि समाधान गर्ने दाबी गरे। ‘दुइ वटा पार्टीलाई मिलाउनु सामान्य र चानेचुने थिएन । हामीले कठीन कार्या जिम्मेवारीको रुपमा बहन गरेका थियौं ।’ उनले भने ‘समस्या आउने कुरा स्वभाविक हो । हाम्रो उदेश्य त्यो समस्यालाई पनि समाधान गर्ने।’
मुख्यमन्त्री पोखरेलले पुराना पुस्ताका नेताले राजनीतिक क्रान्तिमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै त्यसको व्यवस्थापनमा आफूलाई कम्जोर बनाउन नहुने उल्लेख गरे। उनले हिजोको क्रान्तिको लागी गरेको आन्दोलनको नाममा आज व्यवस्थपन अवमुल्यन गर्न नमिल्ने तर्क गरे। सहमती र सहकार्य अहिले अपरिहार्य आवश्यक भएकाले कार्यकर्ताहरुले त्यसको लागि दबाब दिनुपर्ने मुख्यमन्त्रीको भनाइ थियो। पोखरेले अहिले देखीका राजनीतिक अस्थिरताका बाछिटालाई सामान र सम्बोधन गर्ने दाबी गरे। पोखरेले छोटो समयमा संघियताको आधारभुत संरचना तयार गरेको दाबी गर्दै प्रदेशको आवधिक योजनाको कार्यान्वयनको चरणमा अघि बढेको जानकारी दिए। कानून निर्माणमा लुम्बिनी प्रदेश अग्रणी प्रदेशको रुपमा रहेको उनको भनाइ छ।