काठमाडाैँ- भारतका विदेश सचिव हर्षवर्धन श्रृंगला काठमाडौं आइपुगेका छन् । दुइ दिनिे नेपाल भ्रमणको लागि केही बेर अघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओलिएका हुन् ।
परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणामा श्रृंगला नेपाल आएका हुन् । नेपाल भारतबीच नियमित उडान नभएका कारण इन्डियन एयर फोर्सको चार्टर विमानबाट उनी नेपाल आएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
दुई दिने नेपालमा रहँदा विदेश सचिव श्रृंगलाले उच्च स्तरिय भेटघाट पनि गर्ने छन् । आज हुने दुइदेशको सचिव स्तरिय संयन्त्रको बैठकमा नेपाल भारत सिमा बिबादको बारेमा पनि छलफल हुने बताइएको छ । श्रृंगलाले आजै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपि ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेट्ने कार्यक्रम छ ।