काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध भित्र–बाहिरबाट फेरि षड्यन्त्र शुरू भएको बताएका छन्।
तर जस्तोसुकै परिस्थितिको सामना गर्न आफू तयार रहेको र त्यस्तै मनस्थिति बनाउन मन्त्रीहरूलाई आग्रह गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बसेको मन्त्रिपरिषद् बैठकमा ओलीले सरकारले ठूलो संकटको सामना गरिरहेको बताए । ‘सरकारविरुद्ध फेरि घेराबन्दी शुरू भएको छ तर जस्तोसुकै परिस्थितिको पनि सामना गर्न तयार रहनुपर्छ,’ ओलीको भनाइ उदृत गर्दै एक मन्त्रीले भने।
यसअघि असार २१ गतेकै शैलीमा प्रधानमन्त्री ओली प्रस्तुत भएको ती मन्त्रीले बताए। पार्टी विवाद उत्कर्षमा पुगेको समयमा ओलीले त्यो बेला मन्त्रीहरूलाई आफूलाई सहयोग गर्ने वा नगर्ने कित्ता स्पष्ट पार्न भनेका थिए।