बुटवल-नेपाली कांग्रेस लुम्बिनी प्रदेशले प्रमुख सचेतक परिवर्तन गरेको छ। सुरेन्द्र हमालले समय दिन नसकेको जनाएपछि कांग्रेसले फखरुदिन खानलाई प्रमुख सचेतक बनाएको हो।
संसदीय दलका नेता विरेन्द्रकुमार कनौडियाले रुपन्देहीको लुम्बिनी क्षेत्रका सांसद खानलाई प्रमुख सचेतक नियुक्त गरेको सचेतक निर्मला क्षेत्रीले जानकारी दिइन्।
यसअघि सुरेन्द्र हमाल प्रमुख सचेतक थिए। हमालले प्रमुख सचेतक हुन अनिच्छा व्यक्त गरेकाले प्रमुख सचेतक परिवर्तन भएको क्षेत्रीले बताइन्।
‘म नेपालगञ्जबाट आउनुपर्ने भएकाले समय दिन सकिनँ, कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि गाह्रो भयो भन्नुभएको थियो, उहाँसँगको सहमतिमा नै दलको नेताले प्रमुख सचेतकमा फखरुदिन खानलाई मनोनित गर्नुभएको हो’-उनले भनिन्।