बुटवल-सत्तारुढ दल नेकपासँग भएको छलफलमा सहमति नजुटेपछि प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसद बैठक अवरुद्ध गर्ने भएको छ। केहीबेरअघि संसद भवन परिसरमै बसेको कांग्रेस दलको बैठकले आजको संसद बैठक अवरुद्ध गर्ने निर्णय गरेको कांग्रेस सचेतक निर्मला क्षेत्रीले जानकारी दिइन्।
कांग्रेसले सोमबार बिहान सरकारले ल्याएको प्रस्ताव केहीदिनलाई रोकेर सबै पक्षसँग छलफलपछि मात्रै अघि बढाउन प्रस्ताव गरेको थियो। सो प्रस्तावमा नेकपाले असहमति जनाएपछि संसद बैठक अवरुद्ध गर्ने निर्णय भएको उनले बताइन्।
१२ बजे बैठक बोलाइएपनि साढे १२ बजेसम्म बैठक बस्न सकेको छैन।