बुटवल-नेकपा प्रदेश ५ संसदीय दलको बैठकले सरकारले ल्याएको राजधानी र नामसम्बन्धि प्रस्ताव पास गराउनका लागि सांसदहरुलाई निर्देशन दिएको छ। मुख्यमन्त्री शंकर पोखरेलले पार्टीको प्रदेश ५ इन्चार्जको हैसियतले सांसदहरुलाई सरकारले ल्याएको प्रस्ताव पास गराउनका लागि लाग्न निर्देशन दिएको नेकपा मुख्य सचेतक भूमिश्वर ढकालले जानकारी दिए।
बैठकले दाङ देउखुरीलाई प्रशासनिक राजधानी बनाउने र लुम्बिनी क्षेत्रलाई आर्थिक र पर्यटकीय राजधानी बनाउने गरी प्रदेश सरकारले कार्यक्रम ल्याउने निर्णय पनि गरेको छ।
नेकपा दलको बैठक सकिएपछि अबको केहीबेर प्रदेश सभा बैठक शुरु हुनेछ।