बुटवल-प्रदेश सभामा पेश भएको प्रदेश ५ को स्थायी राजधानी र नामबारे छलफलका लागि सत्तारुढ दल नेकपाले संसदीय दलको बैठक शुरु भएको छ। बिहान ७ बजेपछि संसदीय दलको कार्यालयमा बैठक भनेर सांसदहरुलाई बोलाइएपनि मुख्यमन्त्री ११ बजेपछि मात्रै प्रदेश सभा परिसरमा प्रवेश गरेका छन्। कडा सुरक्षाबीच संसद भवन परिसर प्रवेश गरेका मुख्यमन्त्रीसँगै मन्त्रीहरु पनि बैठकस्थल पुगेका छन्।
नेकपा संसदीय दलको कार्यालयमा बैठक शुरु भएको छ। बैठकमा मुख्यमन्त्रीले सांसदहरुलाई निर्देशन दिने सम्भावना छ। सांसदहरुले पार्टीले ह्वीप लगाउने तयारी भएको जनाएका छन्।