बुटवल-प्रदेश सभामा पेश भएको प्रदेश ५ को स्थायी राजधानी र नामबारे छलफलका लागि सत्तारुढ दल नेकपाले संसदीय दलको बैठक बोलाएको छ। बिहान ७ बजेपछि संसदीय दलको कार्यालयमा बैठक बोलाइएको नेकपा मुख्य सचेतक भूमिश्वर ढकालले जानकारी दिए।
उनका अनुसार प्रदेश सभा सदस्यहरुको धारणा लिनका लागि बैठक बोलाइएको हो। बैठकले नेकपा सांसदहरुलाई ह्वीप लगाउने निर्णय गर्नसक्ने छ।
यसअघि ह्वीप लगाउनसक्ने निर्णय गरेपनि नेकपाले राजधानी र नामबारे ह्वीप लगाउने जानकारी सांसदहरुलाई गराएको छैन।
यस्तै नेकपाले बिहान ८ बजे प्रदेश सभा परिसरमै सर्वदलीय बैठक डाकेको छ।