बुटवल-प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीमा ढुंगा प्रहार गरेको आरोपमा प्रहरीले कांग्रेसका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ।
प्रहरीले कांग्रेस रुपन्देही जिल्ला समिति सदस्य तथा प्रदेश सभा सदस्यका उमेदवार विष्णु पोखरेल, नेविसंघ केन्द्रीय उपसभापति मुक्ति पौडेल, तिलोत्तमा कांग्रेस सभापति हरिलाल पाण्डे, तिलोत्तमा कांग्रेसका सचिव शिव गैरे, तरुण दलका प्रकाश गैरे, तिलोत्तमा उद्योग वाणिज्य संघका ज्ञानेन्द्र बहादुर कार्की पक्राउ परेका हुन्।
उनीहरुले मुख्यमन्त्रीलाई लक्षित गरेर ढुंगा प्रहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।
तर उनीहरुलाई सिद्धार्थ कटेजभित्रबाट नियन्त्रणमा लिएको नेपाली कांग्रेस रुपन्देही सचिव रामकृष्ण खाँणले बताएका छन्। 'हामीहरु त आन्दोलन सकेर समीक्षा गर्दैथियौं, बाहिर के भयो भनेर हेर्न निस्केको बेलामा पक्राउ गरेर लगेको हो, ढुंगा कसले हान्यो हामीलाई थाहा भएन,-उनले भने।