बुटवल-प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी क्षेत्र बनाउने प्रस्तावको विरोधमा बुटवलमा आन्दोलन शुरु भएको छ। बुटवलको नेपालगञ्ज रोड प्रदेश सभा प्रवेश गर्ने द्वारमा युवाहरुले स्वतन्त्र रुपमा टायर बाल्दै प्रदर्शन गरेका थिए। उनीहरुले प्रदेश राजधानी सार्न पाइदैन भन्दै नाराबाजी गरेका थिए।
प्रदेश सरकारले प्रदेश सभामा प्रस्ताव पेश गर्नुअघि आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सुरक्षा अधिकारीहरुलाई बोलाएर सुरक्षा व्यवस्था कडा बनाउन र आन्दोलनहरुलाई नियन्त्रण गर्न निर्देशन दिएको थियो।