बुटवल-प्रदेश ५ को स्थायी राजधानी र नामाकरणबारे प्रस्ताव पेश गर्दै आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिका र अर्घाखाँचीको शीतगंगा नगरपालिकाको क्षेत्र देउखुरीमा स्थायी राजधानी राख्न प्रस्ताव गरेका छन्।
उनले प्रदेशको नाम लुम्बिनी राख्न प्रस्ताव गरे।