बुटवल–प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले चाडपर्वमा कोभिडको तेस्रोचक्र देखापर्न सक्ने भन्दै सचेत हुन आग्रह गरेका छन्।
उनले तेस्रोचक्रले अब गाउँगाउँमा कोरोना संक्रमण फैलिने भन्दै त्यसको पूर्वतयारीमा प्रदेश सरकार लागेको जानकारी दिए।
प्रदेश सभाको बुधबारको बैठकमा बोल्दै पोखरेलले भने–‘पहिलो चक्र विदेशबाट आउने नागरिकबाट सुरु भयो, जसलाई हामीले क्वारेन्टिनमा राखेर उपचार ग¥यौं, दोस्रोचक्र शहर बजारमा सुरु भयो’–उनले भने–‘यसको असर नेपालगञ्ज, बुटवल जस्ता शहरहरुमा बढी देखापर्यो, तेस्रोचक्र सुरु हुँदा ग्रामीण शहरमा प्रवेश गर्न सक्छ, त्यसको लागि पूर्वतयारी गर्नुपर्छ भन्ने निष्कर्षमा प्रदेश सरकार पुगेको छ।’
दशै मान्न मानिसहरु शहरबजारबाट गाउँ जाँदा अब ग्रामीण क्षेत्रमा कोरोना संक्रमण फैलिन सक्ने पोखरेलको भनाइ छ।
उनले सार्वजनिक यातायतमा अनिवार्य माक्स लगाउन र सेनेटाइजर प्रयोग गर्नुपर्ने बताए। ‘भ्याक्सीन पत्ता नलाग्दासम्म माक्स नै भ्याक्सिन हो, सामाजिक दुरी नै भ्याक्सिन हो’–उनले भने–‘हामी जनप्रतिनिधिको हैसिययतले नागरिकको बीचमा यो चेतना फैलाउने काम गर्यौं भने उपयुक्त हुन्छ।’
पोखरेलले कोरोना संक्रमण नियन्त्रणमा सन्तोषजनक काम गरेको दाबी गरे।
कोरोना संक्रमणको दोस्रोचरण अनुमान गरेभन्दा छिटो आएको पोखरेलले बताए।
उनले अहिलेसम्म प्रदेश सरकारले कोरोना नियन्त्रणमा सन्तोषजनक काम गरेको दाबी गरे। उनले राष्ट्रव्यापी संक्रमण दरको तुलनामा प्रदेशमा निकै कम रहेको बताए।
उनले अन्य प्रदेशभन्दा प्रदेश ५ मा प्रयोगशालाको संख्या पनि धेरै रहेको दाबी गरे। ‘कोभिड १९ को हिसाबमा न्यनूतम खर्चमा अधिकतम व्यवस्थापन गर्ने प्रदेशको रुपमा प्रदेश ५ हो भन्ने मलाई लाग्दछ।’