बुटवल–नेपाली कांग्रेसले गुल्मीका प्रमुख जिल्ला अधिकारी र प्रहरी अधिकारीलाई कारबाही गर्न माग गरेको छ।
प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउन जाने क्रममा प्रहरीसँगको झडपमा कांग्रेस गुल्मीका सभापति भुवन श्रेष्ठ र नेता पूर्णबहादुर केसी घाइते भएका थिए।
प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश ५ को प्रदेश सभामा कुरा उठाउँदै कांग्रेस सांसद डिल्ली चौधरीले यस्तो माग गरेका हुन्। चौधरीले सदनमा विशेष समय लिएर बोल्दै भने–‘पार्टी सभापतिसहित प्रशासनमा ज्ञापन पत्र बुझाउन जाँदा सभापति भुवन श्रेष्ठसहितमाथि हातपात भयो, यसरी प्रशासनमा कोही जानै नपाउने हो, यसले त प्रजातन्त्रको गला घोँटिएको छ।’
उनले गुल्मीका प्रमुख जिल्ला अधिकारी र प्रहरीलाई कारबाही गर्न माग गरे।