काठमाडौं-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ।
बिहान ११ बजे पेरिसडाँडामा सचिवालय बैठक बस्ने नेकपाले जनाएको छ। यसअघि अस्ति शुक्रबारका लागि बोलाइएको बैठक आजलाई सारिएको हो।
यसअघिका धेरैजसो बैठक प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको सरकारी निवासमा बस्ने गरे पनि तत्कालीन एमाले र माओवादी एकतापछि पहिलोपटक पेरिसडाँडामा बस्ने तय भएको छ।
बैठकमा पार्टी एकताका बाँकी कामको विषयमा छलफल गर्ने तयारी छ।