काठमाडौं-नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्षसमेत रहेका राष्ट्रियसभा सदस्य वामदेव गौतमले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले गौतमलाई केहीबेरअघि सिंहदरबारमा पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् ।
गौतमलाई आजै राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सदस्यमा मनोनीत गरेकी थिइन् ।