काठमाडौं-नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको सचिवालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। सचिवालय कर्मचारीमा संक्रमण पुष्टि भएसँगै देउवासमेत कन्ट्याक ट्रेसिङमा परेका छन्। त्यसपछि सभापति देउवा देउवा होम आइसोलेसनमा बसेका छन्।
सचिवालयमा कार्यरत अन्य चार जनाको रिपोर्ट भने नेगेटिभ आएको छ। सभापति देउवाको भोलि शुक्रबार स्वाब परीक्षण गरिने सहयोगी भानु देउवाले जानकारी दिए। देउवा होम आइसोलेसनमा बसेसँगै आजका लागि तय भएको सत्तारुढ र प्रमुख प्रतिपक्षीबीचको छलफल पनि स्थगित भएको छ।
देउवाको कोरोना परिक्षणको रिपोर्ट आएपछि मात्र बैठक बस्ने बताइएको छ। सत्तापक्ष र प्रमुख प्रतिपक्षका शीर्ष नेताबीच संवैधानिक आयोगको रिक्त पदमा नियुक्तिलगायत समसामयिक विषयमा आज छलफल हुने पूर्व निर्धारित कार्यक्रम थियो।