काठमाडौँ–सरकारले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने निर्णय गरेको छ।
सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले गौतमलाई सत्तारुढ नेकपाको निर्णयअनुसार राष्ट्रियसभाको रिक्त एक सीटमा मनोनित गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरको हो।
२०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य चुनावमा गौतम बर्दियाबाट पराजित भएका थिए। यस्तै सरकारको प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले पाएका छन्।