काठमाडौं- सरकारले असोज ५ गतेबाट आन्तरिक उडान र लामो दुरीका सार्वजनिक सवारी साधन सञ्चालनका लागि खुला गर्ने निर्णय गरेको छ। सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।
सरकारले असोज ५ गतेबाट यी दुवै सेवा सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको हो। सरकारले चैत ११ गते लकडाउन लागू गर्नुभन्दा पहिले नै यी दुवै सेवा सञ्चालनमा रोक लगाएको थियो। अब सुरक्षाका उपाय अपनाएर लामो दुरीका सार्वजनिक यातायात र हवाइ सेवा सञ्चालन हुने भएको हो। यसका लागि सरकारले मापदण्ड तयार गरिसकेको छ।