बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यले दाबी पेश गर्नुभएको छ ।
नेपाली कांग्रेसको समर्थनमा सोमबार दिउँसो लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन समक्ष आचार्यले दाबी पेश गर्नुभएको हो ।
एमाले संसदीय दलका नेता लीला गिरी भए पनि अन्तिममा आचार्यलाई केन्द्रबाट मुख्यमन्त्री बनाउन निर्देशन भएको थियो ।
आचार्यलाई मुख्यमन्त्रीमा नियुक्ति गर्नका लागि एमालेका २९ र कांग्रेसका २७ सहित ५६ सांसदले हस्ताक्षर गरेका छन् ।
८७ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ४४ मत चाहिन्छ ।
अर्घाखाँची १ (१) बाट निर्वाचित सांसद आचार्य यसअघि आर्थिक मामिला तथा योजना मन्त्री हुनुहुन्थ्यो ।
संविधानको धारा १६८ को २ अनुसार दाबी पेश गरिएको छ ।