बुटवल । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज बुटवल आउने कार्यक्रम छ । अनेरास्ववियु रुपन्देहीको आयोजनामा बुटवलको अन्तर्राष्ट्रिय सभा हलमा हुने उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रमका लागि ओली बुटवल आउन लाग्नुभएको अनेरास्ववियु रुपन्देहीका अध्यक्ष भरत अर्यालले जानकारी दिनुभयो ।
अनेरास्ववियुले पहिलेदेखि नै एसएलसीमा उत्कृष्ट र पछि एसईईमा उत्कृष्ट जिल्लाका सबै विद्यार्थीलाई सम्मान गर्दै आएको छ । सोही सम्मान कार्यक्रमका लागि अध्यक्ष ओलीसँगै उपाध्यक्ष विष्णुप्रसाद पौडेल, अनेरास्ववियुका अध्यक्ष समिक बडाललगायत पार्टीका विभिन्न तहका नेताहरु बुटवल आउने कार्यक्रम तय भएको अनेरास्ववियु रुपन्देहीका अध्यक्ष अर्यालले बताउनुभयो ।