बुटवल । इलाम–२ को उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले निरन्तर अग्रता कायम गर्नुभएको छ ।
पछिल्लो मतपरिणामअनुसार सुहाङले ११ हजार ६१९ र कांग्रेसका डम्बरबहादुर खड्काले ७ हजार ६५९ मत ल्याउनुभएको छ ।
यस्तै पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमको ७ हजार ४५२ र राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन योङहाङको १ हजार ५९६ मत आएको छ ।
यस्तै मंगोल नेशनल अर्गनाइजेसनका मनिबहादुर लिम्बुले २४६, एकीकृत समाजवादीका जीतबहादुर राईले २६१, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङले ६५ र राप्रपाका लक्ष्मी गुरुङले ५५ मत पाउनुभएको छ ।
इलाम–२ मा अस्ति शनिवार भएको मतदानमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए ।
२०७९ मा भएको प्रतिनिधि सभा चुनावमा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ ३० हजार २० मत ल्याएर निर्वाचित हुनुभएको थियो । त्यतिबेला कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले २९ हजार ९ सय ६ मत ल्याउनुभएको थियो ।