बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले शपथ लिएका छन् ।
आइतबार बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा देश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री महरालाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
महरा गत शुक्रवार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
नेकपा माओवादी केन्द्र संसदीय दलका नेता महरा नेपाली कांग्रेसका डिल्ली चौधरी नेतृत्वको सरकार ढलेसँगै लुम्बिनीको पाँचौं मुख्यमन्त्री बनेका हुन् ।
महरालाई एमाले, जसपा, नाउपा, नेकपा एस र स्वतन्त्रसहित ४८ जना सदस्यको समर्थन रहेको छ ।